Tuesday, August 4, 2015

How to disable/enable USB Port in Windows 7 ?

तपाईं आफ्नो कम्प्युटर अथवा ल्यापटपको USB Port लाई सुरक्षित गर्न सक्नु हुन्छ ताकि कोही अरु ब्यक्तीले तपाईंको अनुपस्थितीमा कम्प्युटर बाट PenDrive वा अन्य कुनै डिभाइसले USB Port को माध्यम बाट तपाईंको महत्वपूर्ण Data हरु चोरी गरेर नलगोस । तपाईंले आफ्नो कम्प्युटरको Registry Editor बाट तल उल्लेखित प्रकृया द्वारा सजिलै यो Port लाई enable/Disable गर्न सक्नु हुनेछ । त्यसो त बिभिन्न कम्पनीहरुले आफ्नो कम्प्युटरको यो Port पहिले नै disable गरेर राखेका हुन्छन कारण माथि भनिए जस्तै आफ्नो महत्वपूर्ण Data हरु चोरी नहोस् भनेर, तपाईंले अब यो Trick को प्रयोग गरेर त्यसरी disable गरेर राखेका कम्प्युटरहरुमा यो port लाई enable गरी आफ्नो काम गर्न सक्नु हुन्छ ।

Registry Editor द्वारा USB Port लाई Enable/Disable गर्ने तरिका :
@ windows 7 मा keyboard मा windows key+R थिच्नुहोस् र त्यहा regedit टाईप गर्नुहोस् ।
@ अब windows 7 को Registry Editor खुल्नेछ ।
@ Registry Editor खुलिसकेपछि त्यहा यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\USBSTOR
@ दाँया तिरको Start मा राईट क्लिक गर्नुहोस् र modify मा जानुहोस् ।
@ USB Port लाई Enable गर्न value लाई 3 राख्नुहोस् ।
@ USB Port लाई Disable गर्न value लाई ४ राख्नुहोस् ।
कम्प्युटरको Registry Editor चलाऊदा एकदम ध्यान दिनु जरुरी छ । यदि तपाईंलाई कम्प्युटर बारे त्यती जानकारी छैन भने सके सम्म यो part लाई नचाउनु नै जाती हुन्छ ।
यदि तपाईंलाई Registry Editor सम्बन्धी त्यती जानकारी छैन भने यो software को प्रयोग गरेर पनि यो काम गर्न सक्नु हुनेछ ।
software downlaod गर्न यहाँ क्लिक गर्नुहोला

Sunday, July 5, 2015

जियोनी पायोनियर-सिक्स : १४ हजारमै उत्कृष्ट डिजाइनको फोन ( भिडियो रिभ्यु) -

प्रबिधि डेस्क, अनलाइनखबर डटकम
चिनियाँ मोबाइल उत्पादक कम्पनी जियोनीले हालै पायोनियर ६ मोडलको फोन सार्वजनिक गरेको छ । मध्यम आम्दानी भएका ग्राहकलाई लक्षित गरिएको यो फोनमा धेरै यस्ता फिचरहरु छन जुन प्रिमियम फोनमा मात्र उपलब्ध हुन्छन् । आज हामी तपाईलाईं जियोनी पायोनियर ६ को डिजाइन, डिस्प्ले, क्षमता र प्रस्तुतीबारे विस्तृत समिक्षा प्रस्तुत गर्दै छौं :-
डिजाइन र डिस्प्लेgionee front back
जियोनी पी सिक्सको डिजाइन यही मूल्य हाराहारीका अन्य फोनभन्दा निकै उत्कृष्ट लाग्छ । प्लास्टिक कभरयुक्त पी सिक्सको डिजाइन हेर्दा महंगो मूल्यका फोनको झल्को आउँछ ।
ग्लोसी डिजाइन र प्लास्टिक कभरयुक्त भएपनि चौकुनाको बिचमा एउटा सानो मेटल लाइनले फोनलाई निकै आर्कषक देखाएको छ । १५० ग्राम तौल भएको यो फोनको मोटाई ८.६ एमएम छ ।
फोनको दायाँ साइडमा पावर अन/अफ बटन र भोल्युम बटन राखिएको छ । फोन खोलेर हेर्नुभयो भने तपाइले देख्नुहुनेछ एउटा सुन्तला रंगको ब्याट्री, दुईवटा माइक्रो सिम राख्ने ठाउँ र माइक्रो एसडी कार्ड स्लट ।
५ इन्चको स्क्रिन रहेको पी ६ मा ४८०x ८५४ पिक्सेल क्षमता रहेको छ । सामान्यतयाः जियोनी आर्कषक डिस्प्लेका लागि प्रख्यात भए पनि यो सेटमा जियोनीले आफ्नो ख्यातीलाई कायम राख्न सकेको देखिन्न ।

विश्वभर निःशुल्क वाइफाइ उपलब्ध गराउँदै गुगल

इन्टरनेट जाएन्ट गुगलले विश्वभरि नै निशुल्क रुपमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने योजना बनाएको छ । यसको सुरुवात तथा परीक्षणका रुपमा गुगलले अमेरिकाको न्युयोर्कमा फ्री वाइफाइ सेवा सुरु गर्दैछ ।
google
विश्वमा निःशुल्क वाइफाइ उपलब्ध गराउने आफ्नो योजनालाई मूर्तरुप दिन गुगलले एक अलग्गै कम्पनी खोलेको छ । उक्त कम्पनीको नाम हो, साइडवाक ल्याब्स । गुगलको यो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने तयारीमा छ ।

जियोनीले ल्यायो दुई नयाँ स्मार्टफोन, यस्ता छन् नयाँ-नयाँ फिचर


Gionee-Elife-and-marathon
विश्वमा दुरसंचार उपकरणहरुमा अग्रगामी जिओनीले दुई नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ ।
विश्वमै पातलो फोन निर्माताका रुपमा परिचित जियोनीले इलाइफ इ एट र म्याराथन एम फाइभ मोडलका स्मार्टफोन बेइजिङमा सार्वजनिक गरेको छ । यी दुबै फोनहरुमा नयाँ र रोचक विशेषताहरु रहेको जियोनीले जनाएको छ ।

यस्तो छ फेसबुक मालिक जुकरबर्गको अनौठो जीवन

mark-zuckerberg
विश्वमा १ अर्ब ४० करोड मानिसले अहिले फेसबुक चलाउँछन् । यति वृहत प्रयोगकर्ताको संजालका कारण फेसबुक विश्वको सबैभन्दा ठूलो सोसल मिडिया साइट बनेको छ र सोही कारण फेसबुकले विज्ञापनमार्फत ठूलो धनराशी आर्जन समेत गर्दै आएको छ । स्थापनाको ११ वर्षमै फेसबुक अबौँँको कम्पनी बनेको छ र यसका संस्थापक मार्क जुकरबर्ग विश्वका कम उमेरका अर्बपतिमध्ये एक बन्न सफल भएका छन् ।

फेसबुक मेसेन्जरमा महत्वपूर्ण परिवर्तन, बन्दैछ अर्बौँको व्यवसाय

गत हप्ता फेसबुकले आफ्नो च्याट एप फेसबुक मेसेन्जरमा ठूलो परिवर्तन गर्यो । यस अनुसार अब मानिसहरुले फेसबुक अकाउण्ट नखोलिकनै पनि मेसेन्जर चलाउन सक्नेछन् ।
Facebook-logo-reuters-
सतहमा यो परिवर्तन ती मानिसहरुका लागि उत्साहपूर्ण छ जो फेसबुक खोल्न चाहँदैनन् तर आफ्ना साथीहरुसँग सम्वाद गर्नका लागि एसएमएस भन्दा फरक खाले माध्यम प्रयोग गर्न चाहन्छन् ।

फेसबुकमा भिडियो अपलोड गर्नुस्, पैसा पाउनुस्

फेसबुकमा भिडियो अपलोड गरेर पनि पैसा कमाउन सकिने भएको छ । तर, तपाईले अपलोड गर्ने भिडियो आफ्नै हुनु पर्नेछ ।
13527381_h22199381
फेसबुकले नयाँ फिचर सुरु गरेको छ । जस अनुसार अब प्रयोगकर्ताले अपलोड गरेको भिडियो क्लिप र विज्ञापन मिलाएर नयाँ भिडियो तयार हुनेछ ।
यसलाई जति धेरै मानिसले हेर्छन्, त्यस आधारमा प्रयोगकर्ताले पैसा पाउनेछन् । फेसबुकका अनुसार भिडियोमा समावेश हुने विज्ञापनबाट हुने कमाईमा ४५ प्रतिशत उसको हुनेछ ।
फेसबुकका अनुसार हरेक दिन चार अर्ब पटक फेसबुकमा भिडियो हेरिन्छ ।