Sunday, June 21, 2015

कम्प्युटरको बिर्सेको पासवर्ड कसरी री-सेट गर्ने ?

Password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tipsको प्रयोग गरेर Password लाई हटाउन सक्नु हुन्छ ।
१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ F8 कि press गर्नुहोस् ।
त्यती बेला
२) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले “Safe Mode” लाई छान्नुहोस् ।
३) जब “Safe Mode” मा जानु हुन्छ तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
५) windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस् र password लाई delete गरिदिनुहोस् ।
६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ ।
७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ |

No comments:

Post a Comment