Sunday, July 5, 2015

जियोनीले ल्यायो दुई नयाँ स्मार्टफोन, यस्ता छन् नयाँ-नयाँ फिचर


Gionee-Elife-and-marathon
विश्वमा दुरसंचार उपकरणहरुमा अग्रगामी जिओनीले दुई नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ ।
विश्वमै पातलो फोन निर्माताका रुपमा परिचित जियोनीले इलाइफ इ एट र म्याराथन एम फाइभ मोडलका स्मार्टफोन बेइजिङमा सार्वजनिक गरेको छ । यी दुबै फोनहरुमा नयाँ र रोचक विशेषताहरु रहेको जियोनीले जनाएको छ ।
६ इन्चको इलाइफ इ एट
प्रोप्राइटरी सफ्टवेयर भएको जिओनी इलाइफ इ एट मा २४ मेगापिक्सेल रियर क्यामेरा मार्फत खिचिएको कुनै पनि फोटोलाई १२० मेगापिक्सेल सम्मको फोटोमा परिणत गर्न सकिन्छ ।
gionee_elife_e8-Final
फोटो स्टेबिलाइजर, थ्री एक्ससम्मको लसलेस जुम र फोर के भिडियो रेकर्डिङ्ग जस्ता नयाँ विशेषताहरु पनि जिओनी इलाइफ इ एट मा रहेका छन् । अगाडी ८ मोगापिक्सेल क्यामेरा भएको यो फोन एण्ड्रोइड ५.० माआधारित अमिगो ३.०, र दुइटा सिमको सुविधा छ ।
६ इन्चको क्यु एचडी एमोलेड डिस्प्ले, २ गिगाहर्जको अक्टाकोर प्रोसेसर, ३ जीवी र्‍याम, फिङ्गर प्रिन्ट स्क्यानर, डियूल स्पिकर र ६४ जीबी मेमोरी जस्ता खास विशेषताहरु पनि यस स्मार्टफोनमा रहेको छ । ३५२० एमएएच को ब्याट्री भएको यो फोनमा एकदमै छिटो चार्ज हुने विशेषता रहेको छ ।
‘इलाइफ इ एट’का विशेषताहरू
फिचरक्षमता
डिस्प्ले६ इञ्च
प्रोसेसर२ गीगाहर्ज
रियर क्यामेरा२४ मेगापिक्सेल
फ्रन्ट क्यामेरा८ मेगापिक्सेल
रेजुलेसन१६००×२५६० पिक्सेल
र्‍याम३ जीबी
अपरेटिङ सिष्टमएन्ड्रोइड ५.१ ओएस
स्टोरेज६४ जीबी
ब्याट्री३५०० एमएएच
डवल ब्याट्रीयुक्त एम ५, चार दिनसम्म टिक्छ 
जिओनी म्याराथनएम ३ को पहिलो संस्करण, जिओनी म्याराथन एम ५, एक खास स्मार्टफोन हो जसमा ३०१० एमएएच  को दुईवटा ब्याट्रीहरु रहेका छन् । एक चोटी चार्ज गरेपछि चार दिन सम्मै टिक्ने यो शक्तिशाली ब्याट्री भएको स्मार्टफोन हो । एण्ड्रोइड ५.० सँगै आउने म्याराथनएम ५मा डियूल सिमको सुबिधा पनि रहेको छ ।
gionee_marathon_m5-Final
यसमा ५.५ इन्च एच डी एमोलेड डिस्प्ले, ६४-बिट १.५ गिगाहर्ज क्वाड कोर, २ जीबी र्‍याम, १६ जीबी मेमोरी  रहेको यस सेटमा थप माइक्रो एसडी कार्ड राख्ने सुबिधा पनि रहेको छ । साथै १३ र ५ मेगापिक्सेलका क्यामराहरुबाट राम्रो तस्वीरहरु पनि यो फोनबाट लिन सकिन्छ ।
यी दुबै फोनहरु चाडैंनै नेपाली बजारमा ल्याउने जिओनीले जनाएको छ । सेप्टेम्बर २०१४ बाट नेपालमा प्रवेश गरेको जिओनी, उपभोक्ताहरुको रोजाइमा अग्रस्थानमा रहेको छ । साथै यी दुई नयाँ स्मार्टफोनहरुलाई पनि नेपाली उपभोक्ताहरुले सहर्ष स्विकार्नेमा जिओनी विश्वस्त छ ।
म्याराथनएम फाइभका विशेषताहरू
फिचरक्षमता
डिस्प्ले५.५ इञ्च
रियर क्यामेरा१३ मेगापिक्सेल
फ्रन्ट क्यामेरा५ मेगापिक्सेल
प्रोसेसर१.५ गीगाहर्ज
रेजुलेसन७२०×१२८० पिक्सेल
र्‍याम२ जीबी
अपरेटिङ सिष्टमएन्ड्रोइड ओएस
स्टोरेज१६ जीबी
ब्याट्री क्षमता६००० एमएएच -डबल ब्याट्री)
- See more at: http://www.onlinekhabar.com/2015/06/291497/#sthash.3B45cWQ0.dpuf

No comments:

Post a Comment