Tuesday, August 4, 2015

How to disable/enable USB Port in Windows 7 ?

तपाईं आफ्नो कम्प्युटर अथवा ल्यापटपको USB Port लाई सुरक्षित गर्न सक्नु हुन्छ ताकि कोही अरु ब्यक्तीले तपाईंको अनुपस्थितीमा कम्प्युटर बाट PenDrive वा अन्य कुनै डिभाइसले USB Port को माध्यम बाट तपाईंको महत्वपूर्ण Data हरु चोरी गरेर नलगोस । तपाईंले आफ्नो कम्प्युटरको Registry Editor बाट तल उल्लेखित प्रकृया द्वारा सजिलै यो Port लाई enable/Disable गर्न सक्नु हुनेछ । त्यसो त बिभिन्न कम्पनीहरुले आफ्नो कम्प्युटरको यो Port पहिले नै disable गरेर राखेका हुन्छन कारण माथि भनिए जस्तै आफ्नो महत्वपूर्ण Data हरु चोरी नहोस् भनेर, तपाईंले अब यो Trick को प्रयोग गरेर त्यसरी disable गरेर राखेका कम्प्युटरहरुमा यो port लाई enable गरी आफ्नो काम गर्न सक्नु हुन्छ ।

Registry Editor द्वारा USB Port लाई Enable/Disable गर्ने तरिका :
@ windows 7 मा keyboard मा windows key+R थिच्नुहोस् र त्यहा regedit टाईप गर्नुहोस् ।
@ अब windows 7 को Registry Editor खुल्नेछ ।
@ Registry Editor खुलिसकेपछि त्यहा यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\USBSTOR
@ दाँया तिरको Start मा राईट क्लिक गर्नुहोस् र modify मा जानुहोस् ।
@ USB Port लाई Enable गर्न value लाई 3 राख्नुहोस् ।
@ USB Port लाई Disable गर्न value लाई ४ राख्नुहोस् ।
कम्प्युटरको Registry Editor चलाऊदा एकदम ध्यान दिनु जरुरी छ । यदि तपाईंलाई कम्प्युटर बारे त्यती जानकारी छैन भने सके सम्म यो part लाई नचाउनु नै जाती हुन्छ ।
यदि तपाईंलाई Registry Editor सम्बन्धी त्यती जानकारी छैन भने यो software को प्रयोग गरेर पनि यो काम गर्न सक्नु हुनेछ ।
software downlaod गर्न यहाँ क्लिक गर्नुहोला

Sunday, July 5, 2015

जियोनी पायोनियर-सिक्स : १४ हजारमै उत्कृष्ट डिजाइनको फोन ( भिडियो रिभ्यु) -

प्रबिधि डेस्क, अनलाइनखबर डटकम
चिनियाँ मोबाइल उत्पादक कम्पनी जियोनीले हालै पायोनियर ६ मोडलको फोन सार्वजनिक गरेको छ । मध्यम आम्दानी भएका ग्राहकलाई लक्षित गरिएको यो फोनमा धेरै यस्ता फिचरहरु छन जुन प्रिमियम फोनमा मात्र उपलब्ध हुन्छन् । आज हामी तपाईलाईं जियोनी पायोनियर ६ को डिजाइन, डिस्प्ले, क्षमता र प्रस्तुतीबारे विस्तृत समिक्षा प्रस्तुत गर्दै छौं :-
डिजाइन र डिस्प्लेgionee front back
जियोनी पी सिक्सको डिजाइन यही मूल्य हाराहारीका अन्य फोनभन्दा निकै उत्कृष्ट लाग्छ । प्लास्टिक कभरयुक्त पी सिक्सको डिजाइन हेर्दा महंगो मूल्यका फोनको झल्को आउँछ ।
ग्लोसी डिजाइन र प्लास्टिक कभरयुक्त भएपनि चौकुनाको बिचमा एउटा सानो मेटल लाइनले फोनलाई निकै आर्कषक देखाएको छ । १५० ग्राम तौल भएको यो फोनको मोटाई ८.६ एमएम छ ।
फोनको दायाँ साइडमा पावर अन/अफ बटन र भोल्युम बटन राखिएको छ । फोन खोलेर हेर्नुभयो भने तपाइले देख्नुहुनेछ एउटा सुन्तला रंगको ब्याट्री, दुईवटा माइक्रो सिम राख्ने ठाउँ र माइक्रो एसडी कार्ड स्लट ।
५ इन्चको स्क्रिन रहेको पी ६ मा ४८०x ८५४ पिक्सेल क्षमता रहेको छ । सामान्यतयाः जियोनी आर्कषक डिस्प्लेका लागि प्रख्यात भए पनि यो सेटमा जियोनीले आफ्नो ख्यातीलाई कायम राख्न सकेको देखिन्न ।

विश्वभर निःशुल्क वाइफाइ उपलब्ध गराउँदै गुगल

इन्टरनेट जाएन्ट गुगलले विश्वभरि नै निशुल्क रुपमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने योजना बनाएको छ । यसको सुरुवात तथा परीक्षणका रुपमा गुगलले अमेरिकाको न्युयोर्कमा फ्री वाइफाइ सेवा सुरु गर्दैछ ।
google
विश्वमा निःशुल्क वाइफाइ उपलब्ध गराउने आफ्नो योजनालाई मूर्तरुप दिन गुगलले एक अलग्गै कम्पनी खोलेको छ । उक्त कम्पनीको नाम हो, साइडवाक ल्याब्स । गुगलको यो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने तयारीमा छ ।

जियोनीले ल्यायो दुई नयाँ स्मार्टफोन, यस्ता छन् नयाँ-नयाँ फिचर


Gionee-Elife-and-marathon
विश्वमा दुरसंचार उपकरणहरुमा अग्रगामी जिओनीले दुई नयाँ मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ ।
विश्वमै पातलो फोन निर्माताका रुपमा परिचित जियोनीले इलाइफ इ एट र म्याराथन एम फाइभ मोडलका स्मार्टफोन बेइजिङमा सार्वजनिक गरेको छ । यी दुबै फोनहरुमा नयाँ र रोचक विशेषताहरु रहेको जियोनीले जनाएको छ ।

यस्तो छ फेसबुक मालिक जुकरबर्गको अनौठो जीवन

mark-zuckerberg
विश्वमा १ अर्ब ४० करोड मानिसले अहिले फेसबुक चलाउँछन् । यति वृहत प्रयोगकर्ताको संजालका कारण फेसबुक विश्वको सबैभन्दा ठूलो सोसल मिडिया साइट बनेको छ र सोही कारण फेसबुकले विज्ञापनमार्फत ठूलो धनराशी आर्जन समेत गर्दै आएको छ । स्थापनाको ११ वर्षमै फेसबुक अबौँँको कम्पनी बनेको छ र यसका संस्थापक मार्क जुकरबर्ग विश्वका कम उमेरका अर्बपतिमध्ये एक बन्न सफल भएका छन् ।

फेसबुक मेसेन्जरमा महत्वपूर्ण परिवर्तन, बन्दैछ अर्बौँको व्यवसाय

गत हप्ता फेसबुकले आफ्नो च्याट एप फेसबुक मेसेन्जरमा ठूलो परिवर्तन गर्यो । यस अनुसार अब मानिसहरुले फेसबुक अकाउण्ट नखोलिकनै पनि मेसेन्जर चलाउन सक्नेछन् ।
Facebook-logo-reuters-
सतहमा यो परिवर्तन ती मानिसहरुका लागि उत्साहपूर्ण छ जो फेसबुक खोल्न चाहँदैनन् तर आफ्ना साथीहरुसँग सम्वाद गर्नका लागि एसएमएस भन्दा फरक खाले माध्यम प्रयोग गर्न चाहन्छन् ।

फेसबुकमा भिडियो अपलोड गर्नुस्, पैसा पाउनुस्

फेसबुकमा भिडियो अपलोड गरेर पनि पैसा कमाउन सकिने भएको छ । तर, तपाईले अपलोड गर्ने भिडियो आफ्नै हुनु पर्नेछ ।
13527381_h22199381
फेसबुकले नयाँ फिचर सुरु गरेको छ । जस अनुसार अब प्रयोगकर्ताले अपलोड गरेको भिडियो क्लिप र विज्ञापन मिलाएर नयाँ भिडियो तयार हुनेछ ।
यसलाई जति धेरै मानिसले हेर्छन्, त्यस आधारमा प्रयोगकर्ताले पैसा पाउनेछन् । फेसबुकका अनुसार भिडियोमा समावेश हुने विज्ञापनबाट हुने कमाईमा ४५ प्रतिशत उसको हुनेछ ।
फेसबुकका अनुसार हरेक दिन चार अर्ब पटक फेसबुकमा भिडियो हेरिन्छ ।

स्मार्टफोनमा यसरी रोक्नुस् एप्सको अटो अपडेट

२०७२ असार १६ गते ८:४८ मा प्रकाशित
androd
स्मार्टफोनमा डाउनलोड भएका एपहरु आफै अपडेट हुँदा कहिलेकाहीँ दिक्क होइन्छ ।
मोबाइल डाटा वा वाइफाइ मार्फत इन्टरनेट चलाइरहेको बेला एपहरु अटो अपडेट हुँदा मोबाइल डाटा खर्च हुने र मोबाइलको ब्यालेन्स रित्तिँदै गएको पत्तो पाइन्न ।
एप्स निर्माताहरुका अनुसार अटो अपडेट फिचरले एपहरुको कमजोरी हटाउन तथा यसलाई अझै उत्कृष्ट बनाउन सहयोग गर्ने बताउँछन् ।

Sunday, June 21, 2015

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु

१ माउसको काम कि बोर्डले गर्नुहोस्
यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।
२ कम्प्युटरको password बिर्सनु भयो भने 
यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ
कम्प्युटर on गर्नुस्
password Enter गर्ने ठाउँ देख् नु हुनेछ
अब Ctrl+Alt+Delete कि थिच्नुस्
username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्
३ कम्प्युटरलाई छिटो ShuttDown गर्ने तरिका
सबै भन्दा पहिला Ctrl+Alt+Delete थिच्नुस् Task Manager खुल्नेछ
ShuttDown Tab मा क्लिक गर्नुस्
Ctrl कि लाई press गरेरै TurnOff मा क्लिक गर्नुस्
४ आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी
यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने,
Start > Run मा क्लिक गर्नुस् र त्यहा Command टाईप गर्नुस्
Command पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस्
अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।
५ आफ्नो कम्प्युटरलाई Fast गराइराख् न चाहनु हुन्छ भने,
यदि तपाईंको कम्प्युटर Slow चल्छ र यसलाई Fast गराउन चाहनु हुन्छ भने यि कुराहरुलाई याद राख् नुस्
आफ्नो कम्प्युटरको C Drive मा धेरै फाइलहरु Save नगर्नुहोस् र सके सम्म C Drive को क्षमता 50% Free नै होस् ।
Desktop मा धेरै फाइलहरु राख् ने नगर्नुस् यसले तपाईंको कम्प्युटरको Ram त्यसमा Use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ ।
कम्प्युटरमा काम सकिसकेपछि ShutDown गरेर मात्र off गर्ने गर्नुस ।
६ कम्प्युटरको Virtual Memory बढाउने तरिका
तपाईंको कम्प्युटरको Virtual Memory कम भएर पनि कम्प्युटर slow चलेको हुन सक्छ , तपाईंले Virtual Memory लाई बढाउन सक्नु हुन्छ
My computer Icon लाई Right क्लिक गर्नुस् र properties मा जानुस्
Advance Tab मा क्लिक गर्नुस्
Performance को Settings मा क्लिक गर्नुस्
त्यस भित्रको Advance Tab मा क्लिक गर्नुस्
Virtual Memory को change icon मा क्लिक गर्नुस् र Virtual Memory reset गर्नुस्
कम्प्युटरलाई restart गर्नुस्
७ Network Connection को full Detial को लागि
Start > Run र त्यहा ncpa.cpl टाईप र Enter गर्नुस्
तपाईंको कम्प्युटरमा भएको Network connection हरुको पेज खुल्नेछ ।
८ कम्प्युटरको System properties हेर्नको लागि shirtcut key
Windows कि + Pause/Break कि थिच्नुस्
९ MsWord को फाइललाई password ले लक गर्न चाहनु हुन्छ भने,
यदि तपाईं MsWord मा टाईप गरेको documant लाई अरुले नहेरोस भन्ने चाहनु हुन्छ भने त्यसलाई आफ्नो password राखी लक गर्न सक्नु हुन्छ , त्यसको लागि
MSWord को Tool बारको Tools मा क्लिक र Option मा क्लिक गर्नुस्
अब Security मा क्लिक गर्नुस् र Password to open भन्ने box मा आफुले चाहेको password राख्नुस् > ok > password लाई conform गर्नुस् र ok अब तपाईंले आफ्नो document लाई save गरिदिनुस् ।

तपाईंको कम्प्युटरको Speed बढाउने १० Tips



१ सर्बप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रो सँग PC लाई Bootup हुन दिनुस् ।
२ कुनैपनि Application बन्द गरी सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove हुन्छ ।
३ आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नुनै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।
४ आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सके सम्म Desktop लाई Clean नै राख् नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।
५ RecycleBin लाई बेला बेलामा Empty गरी राख् नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु RecycleBin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लीइ राखेको हुन्छ ।
६ temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।
७ आफ्नो कम्प्युटर लाई प्रत्येक २ महिनामा Defragment गर्नुस् । यसले तपाईंको कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ र Program हरु Fast चल्छन ।
८ आफ्नो कम्प्युटर लाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सके सम्म C Drive लाई खाली नै राख् नुस् ।
९ जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यि Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुन सक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Instal गरी सके पछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
१० आफ्नो कम्प्युटर लाई धुलो बाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।

कम्प्युटरको बिर्सेको पासवर्ड कसरी री-सेट गर्ने ?

Password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tipsको प्रयोग गरेर Password लाई हटाउन सक्नु हुन्छ ।
१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ F8 कि press गर्नुहोस् ।
त्यती बेला
२) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले “Safe Mode” लाई छान्नुहोस् ।
३) जब “Safe Mode” मा जानु हुन्छ तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
५) windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस् र password लाई delete गरिदिनुहोस् ।
६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ ।
७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ |

Windows 7 मा Hard Drive लाई फरम्याट नगरि कसरी Partition गर्ने ?

टेक्निकल दुनियाँमा नयाँ नयाँ अपरेटिङग सिस्टमको आगमन सँगै पुरानाको तुलनामा अझ धेरै सुबिधाहरु थपिएर आएका छन । हालै चलन चल्तीमा रहेको अपरेटिङग सिस्टम Windows 7 तथा Vista मा Disk Partition सजिलै गर्न सकिन्छ । पुराना अपरेटिङग सिस्टममा एक चोटि Partition गरिसकेको Hard Drive लाई फेरी partition गर्नु परेमा Format नै गर्नु पर्ने समस्या हालका अपरेटिङग सिस्टममा छैन । यहाँ चर्चा गर्न लागिएको सिस्टम windows 7 मा तपाईंले सजिलै कम्प्युटर फरम्याट नगरीकनै आफ्नो hard drive लाई Partition गर्न सक्नु हुनेछ । Disk management मा उपलब्ध Shrinking र expanding utility प्रोग्रामको सहायताले तपाईंले Partition मात्र हैन drive डिलिट तथा re-size पनि गर्न सक्नु हुनेछ । 

अब यहाँ Hard Drive लाई कसरी partition गर्ने भन्ने बारे Step by Step चर्चा गरौ :
१) सर्वप्रथम "start" बटनमा क्लिक गरौ, त्यहा देखिएको "Computer" मा राईट क्लिक गरौ र "manage" option मा जाऔ ।
२) "Computer Management" नामको नयाँ window खुल्नेछ, त्यहा "Storage" मा क्लिक गरौ र "Disk Management" मा जाऔ ।
३) "Disk Management" मा गईसकेपछि तपाईंले आफ्नो कम्प्युटरमा भएको Drive हरु देख् न सक्नुहुनेछ ।
४) अब तपाईंले कुन drive लाई partition गर्न खोज्नु भएको हो त्यो "Drive" लाई राईट क्लिक गर्नुहोस् र "Shrink Volume" option लाई छान्नुहोस् ।
५) नयाँ window खुल्नेछ जसमा उक्त Drive को Size, Partition को लागि उपलब्ध space र नयाँ partition मा कति amount को space भएको Drive बनाउने भन्ने option हुनेछ । त्यहा तपाईंले नयाँ Partition गर्दा बन्ने drive कती space को बनाउने हो त्यो Value भर्नु पर्नेछ । याद राख्नुहोस् त्यहा Size of available shrink space मा देखिएको भन्दा बढी Space Value त्यहा राख्न पाउनु हुन्न ।
६) Value राखीसकेपछि Shrink बटन क्लिक गर्नुहोस् र procress सकिन केही समय पर्खिनुहोस् । operation सकिएपछि त्यहा तपाईंले unallocates space र तपाईंले अघि राख्न नु भएको exactly value भएको खाली drive देख् नु हुनेछ । अब त्यो unallocated space लेखिएको drive लाई सेलेक्ट गर्नुहोस् र राईट क्लिक गरेर "New Sample Volume" option मा जानुहोस् ।

७) त्यहा नयाँ बन्ने Volume को लेटर कुन राख् ने छान्नुहोस् र next बटन क्लिक गर्नुहोस् ।
८) अब Format पेज देखिनेछ यहाँ निर ध्यान दिनुहोस् कि File System NTFS सेलेक्ट गर्नुहोस् र Volume Label मा उक्त volume को नाम कुन राख् ने हो लेख्नुहोस् ।


९) Next बटन क्लिक गर्नुहोस् र अन्तिममा Finish गर्नुहोस् ।

Enjoy!!!